Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान 

टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान 

images

इच्छाकामना न्युज

१३, जेठ २०७९
टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान 
images

काठमाण्डौ, १३ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ । असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको लागि क्यानले आज एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । जसमा क्यानले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसका लागि क्यानले टिम मालिकका लागि टेन्डर आह्वान गरेको हो ।

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - २०:१०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology