Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान सहित दुई जना पक्राउ

चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान सहित दुई जना पक्राउ

images

इच्छाकामना न्युज

१३, जेठ २०७९
चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान सहित दुई जना पक्राउ
images

काठमाडौँ, १३ जेठ । प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दावी गरिएको छ । कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।

 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १९:०९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology