चितवन, १३ जेठ । आज देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुसँगै भारतको विहारको आसपास रहेको न्यूनचापीय रेखाको प्रभावले आज देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
यसकै प्रभावले अहिले पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।