Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नीति तथा कार्यक्रममा छलफल सुरु, चुनाव लगतै इन्धनको मूल्य बढाउनु अनुचित रहेको एमाले अध्यक्ष ओलीको भनाइ

नीति तथा कार्यक्रममा छलफल सुरु, चुनाव लगतै इन्धनको मूल्य बढाउनु अनुचित रहेको एमाले अध्यक्ष ओलीको भनाइ

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
नीति तथा कार्यक्रममा छलफल सुरु, चुनाव लगतै इन्धनको मूल्य बढाउनु अनुचित रहेको एमाले अध्यक्ष ओलीको भनाइ
images

काठमाण्डौ, १२ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल सुरु भएको छ । छलफलमा सहभागि हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको भन्दै प्रधानमन्त्रीबाट जवाफ माग्नुभयो । उहाँले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै आलोचना समेत गर्नुभयो ।सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि नबढेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले ‘वाइडबडी काण्ड’ छानबिन गर्न संसद्बाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती समेत दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको पनि बताउनुभयो ।

यस्तै, छलफलमा सहभागि हुँदै सत्ता गठबन्धनका शीर्ष नेता नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारको विदेश नीति सङ्गतीपूर्ण नदेखिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्नुभयो ।तिब्बत मामिला हेर्ने अमेरिकी विदेशमन्त्रीलाई नेपाल बोलाएर सरकारले चीनविरुद्ध उक्साउने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाट सत्ताबाट बाहिरिँदाको कुण्ठा र पूर्वाग्रह व्यक्त गरेको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो ओलीको प्रस्तुति रहेको टिप्पणी गर्नुभयो ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १८:३८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology