Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन पूर्व तयारी सुरु : सरकार 

मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन पूर्व तयारी सुरु : सरकार 

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन पूर्व तयारी सुरु : सरकार 
images

काठमाण्डौ, १२ जेठ । सरकारले नेपालमा मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिनका लागि पूर्व तयारी सुरु गरेको छ । अफ्रिकी मुलुकसहित विश्वका १८ देशमा फैलिसकेको मङ्किपक्सको सङ्क्रमण नेपालमा प्रवेश गर्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्व तयारी सुरु गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म दक्षिण एशियाली मुलुकहरूमा यो रोगको सङ्क्रमण नदेखिएको भएपनि नेपालमा सङ्क्रमण रोकथामका लागि उपायहरू अपनाइएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन बाह्य मुलुकबाट आउने मानिसलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

मङ्किपक्सको सङ्क्रमण भएमा मानिसमा ज्वरो आउने, टाउको दुख्ने, जीउ सुन्निने, ढाड दुख्ने, मांसपेशी दुख्ने, छटपटी हुने जस्ता लक्षण देखिने चिकित्सकले बताएकाम छन् । मङ्किपक्स अहिलेसम्म विश्वका १६ देशमा फैलिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:२०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology