Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक 

७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक 

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक 
images

काठमाण्डौ, १२ जेठ । गत बैशाख३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । यो खबर तयार पार्दासम्म ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम आएको छ । अब काठमाडौँ महानगरपालिकासहित ४ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले जीत सुनिश्चित गर्नुभएको छ । बालेनले अहिलेसम्म ५५ हजार ७ सय ७७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले ३५ हजार ३ सय ७१ मत ल्याएर पछ्याइरहनुभएको छ ।

ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरीबाबु महर्जन, पोखरामा नेपाल एकीकृत समाजवादीका धनराज आचार्य, भरतपुरमा नेकपा माओवादी केन्द्रका रेनु दाहाल, वीरगन्जमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भइसक्नुभएको छ । 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:१४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology