Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दुई दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध, देशभरका केहि विद्यालय सञ्चालनमा

दुई दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध, देशभरका केहि विद्यालय सञ्चालनमा

images

सिआईएन

९, जेठ २०७९
दुई दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध, देशभरका केहि विद्यालय सञ्चालनमा
images

सजना तिमल्सिना, काठमाडौँ, ९ जेठ । सरकारले यही जेठ महिनादेखि सबै सरकारी निकायलाई शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । तर पहाडी क्षेत्रका विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू भने दुई दिने बिदा लागु नगर्ने पक्षमा देखिएका छन् । महिनामा ८ दिन विद्यालय बन्द गरिँदा पठनपाठन प्रभावित हुने उनीहरूको भनाइ छ ।

सरकारी निकायमा हप्तामा २ दिन बिदा दिने निर्णय सरकारले गरेको छ । त्यसैअनुसार शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालयमा परिपत्र गरेपनि कतिपय विद्यालयका शिक्षक अझैँ अन्योलमा छन् ।  बर्खे र हिउँदे बिदा घटाएर भएपनि हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउनु भन्ने शिक्षा मन्त्रालयको निर्देशन छ ।

त्यसो गर्दा आफ्ना बालबालिकाको पढाइ पूरा नहुने बाजुराका नारायण जोशीले बताउनुभयो । सरकारले पेट्रोल र डिजेलको भाउ महङ्गो हुँदै गएको, यसैका कारण तरलता अभाव सिर्जना भएको निष्कर्र्श निकाल्दै सरकारी स्रोतसाधन दुई दिन प्रयोग नगर्ने नीति बनाएको हो । तर सवारीसाधन नै नचल्ने ठाउँमा बिदामा कर गर्न नहुने तेह्रथुमका अमृत घतानीको भनाइ छ ।

अब विद्यालयले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठन गर्ने र आइतबार बिदा दिँदा अपुग भए हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्नुपर्ने हुन्छ । यो निर्णयमा सरकारी मात्रै होइन, निजी विद्यालयहरू पनि सहमत छैनन् ।

आइतवार विद्यालय बन्द गर्ने निर्णयको विरोध भएपनि शिक्षा मन्त्रालयले भइसकेको निर्णयमा पुनर्विचार गर्न नसकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।  कोरोना महामारीको कारण दुई वर्षदेखि शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । विद्यार्थीले पठनपाठनमा चाहेजसरी सहभागिता जनाउन सकेका छैनन् ।

यसअघिको दुई वर्ष पठनपाठन प्रभावित भएका कारण पनि दुई दिने विदा कार्यान्वयन गर्न नसकिने विद्यालयहरूको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:२२:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology