Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तीन दिनको मौसम : विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने 

तीन दिनको मौसम : विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने 

images

सिआईएन

८, जेठ २०७९
तीन दिनको मौसम : विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने 
images

चितवन, ८ जेठ देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिरकुमार श्रेष्ठका अनुसार अहिले मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पारिरहेको प्रणाली अझै ३–४ घण्टा रहने देखिएको छ । त्यसपछि मौसम केही खुल्ने उहाँको अनुमान छ । तर अपरान्हपछि फेरि पनि मौसम बदली भइ मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने उहाँले सीआइएनलाई जानकारी दिनुभयो ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्नेछ । तराईका भूभागमा भने तीव्रगतिको हावाहुरी पनि चल्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् श्रेष्ठले अनुरोध गर्नुभयो । उहाँका अनुसार प्रिमनसुन अर्थात मनसुन अघिको अवस्था सक्रिय भएकाले केही दिनयता पानी पर्ने क्रम बढेको उहाँको भनाइ छ ।  

यस्तै आज राति पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । 

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:३१:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology