Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२१ प्रतिशत भन्दा बढि स्थानीय तहको प्रमुखमा युवा उम्मेद्वार विजयी 

२१ प्रतिशत भन्दा बढि स्थानीय तहको प्रमुखमा युवा उम्मेद्वार विजयी 

images

सिआईएन

५, जेठ २०७९
२१ प्रतिशत भन्दा बढि स्थानीय तहको प्रमुखमा युवा उम्मेद्वार विजयी 
images

सुसिला श्रेष्ठ, काठमाडौ, ५ जेठ । अहिले स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भईरहेका छन् । ५७ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक हुँदा २१ प्रतिशत भन्दा बढि स्थानीय तहको प्रमुखमा युवा उम्मेद्वार विजयी भएका छन् ।

युवाहरु नेतृत्वमा आउनु सकारात्मक भएपनि कम उमेरमै पालिकाको नेतृत्व सम्हाल्दा निर्णय प्रक्रियामा परिपक्कता अभाव हुनसक्ने विज्ञहरु बताउँछन् ।२१ वर्षकै उमेरमा पालिकाको प्रमुख भएर चर्चामा आउनुभएका पर्सा कालिकामाई  गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, हालसम्म कै कान्छा गाउँ पालिकाका प्रमुख हुनुहुन्छ ।

भारतको देहरादुनमा स्नातक पढ्दै गरेका गुप्तालाई अहिले नै पालिका प्रमुख बन्छु भन्ने लागेको थिएन तर पार्टीले टिकट दियो र चुनाव पनि जित्नुभयो । अब घोषणापत्रमा उल्लेख गरेका काम प्रभावकारी रुपमा गर्ने उहाँको योजना छ ।  वडाअध्यक्ष हुँदै यसपटको निर्वाचनबाट नगरप्रमुख बन्नु भएका मुगुको छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामलाई देशकै नमुना पालिका बनाउने हुटहुटी छ ।

भ्रष्टाचार न्युनीकरण, शुसासन र पारदर्शिता कायम गर्ने, एक वर्षमा कम्तीमा  सय जनालाई पालिकामै रोजगारी दिने लगायतका योजना उहाँसँग छन् । युवा पुस्ता नेतृत्व तहमा पुग्दा समाज प्रति बढी जिम्मेवार र जवाफदेही हुन्छ भन्ने अपेक्षा नागरिकको छ । नयाँ पुस्ता ऊर्जाशील र अहिलेको विश्वपरिवेशप्रति बढी जानकार हुने हुँदा योग्यता र क्षमता पनि बढी हुने र काम पनि त्यहि अनुरुपको हुने विश्वास गरिन्छ । नवलपुरको बुलिङटार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र सुनारी २७ वर्ष पुग्नु भयो । कृषिमा लगानी गरि युवालाई देशमा नै रोजगारको व्यवस्था गर्ने लक्ष्य राख्नु भएका उहाँलाई स्रोत जुटाउने चिन्ता पनि छ ।

अघिल्लो निर्वाचनबाट स्थानीय तहमा ४० वर्ष मुनिका १३ हजार ८ सय ९३ युवा विभिन्न पदमा निर्वाचित भएका थिए । जसमा ५२ जना नगर प्रमुख र १ सय १२ पालिका अध्यक्ष थिए । यसपटक भने ५७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक हुँदा २१ प्रतिशत पालिकाको प्रमुखमा युवा निर्वाचित भएका छन् ।

जसमा ३० वर्ष मुनिका युवाहरु सङ्ख्या समेत उलेख्य छ । पालिकाको नेतृत्वमा पुगेका युवालाई पुरानो सोच बदलेर अघि बढ्न चुनौती देखिएको स्थानीय तहका विज्ञ सोमलाल सुवेदी बताउनुहुन्छ । सार्वजनिक भएका नतिजा अनुसार ८७ स्थानीय तहको प्रमुखमा युवा निर्वाचित भएका छन् । जसमा नगरप्रमुख १४ जना र गाउँपालिका ७३ जना छन् । 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:१५:३७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology