कुरिनटार, ३१ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ भएको मतगणनामा अध्यक्ष र उपाध्यक्षमा अग्रता लिएको नेकपा एमालेले वडा नं. २ को प्रारम्भिक मतगणनामा पनि अग्रता लिएको छ ।
वडा नं. २ मा सुरुवाती २ सय मत गन्दा अध्यक्षका एमाले उम्मेदवार दान बहादुर गुरुङले ९८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ७९ मत प्राप्त गरेको छ। जसअनुसार अध्यक्षमा १९ मतको मतान्तर रहेको छ।
यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ९३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ७८ मत पाएका छन् । जसअनुसार उपाध्यक्षमा १५ मतको मतान्तर रहेको छ।
यस्तै वडाध्यक्ष्मा पनि एमालेकै पञ्च बहादुर चेपाङले ९३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ७७ मत प्राप्त गरेका छन् जसअनुसार वडाध्यक्षमा १६ मतको मतान्तर रहेको छ ।