काठमाण्डौ, २९ वैशाख । शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती भएको छ । सरकारले शनिवार र आइतवार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि विद्यालयको पठनपाठनमा नकारात्मक प्रभाव पर्न नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेका हो ।
सम्बन्धित विद्यालयले हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्नेमन्त्रालयका प्रवक्ता दीपक शर्माले सीआईएनसँग बताउनु भयो । यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा ५ दिन दिने व्यवस्था रहेको थियो ।