Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भोलि पानी पर्ने पूर्वानुमान भएपनि त्यसैअनुसार व्यवस्थापन गर्न आयोगको निर्देशन

भोलि पानी पर्ने पूर्वानुमान भएपनि त्यसैअनुसार व्यवस्थापन गर्न आयोगको निर्देशन

images

इच्छाकामना न्युज

२९, बैशाख २०७९
भोलि पानी पर्ने पूर्वानुमान भएपनि त्यसैअनुसार व्यवस्थापन गर्न आयोगको निर्देशन
images

काठमाण्डौ, २९ वैशाख । मौसमविद्ले भोलि पानी पर्ने पूर्वानुमान गरेपछि निर्वाचन आयोगले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि पानी पर्ने पूर्वानुमान भएको भन्दै त्रिपाल तथा पाल खरिद गर्ने तथा विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न निर्देशन दिइएको बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज दिउँसो पनि प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०९:३५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology