Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मतदाता परिचयपत्र आजपनि वितरण हुने 

मतदाता परिचयपत्र आजपनि वितरण हुने 

images

इच्छाकामना न्युज

२९, बैशाख २०७९
मतदाता परिचयपत्र आजपनि वितरण हुने 
images

काठमाण्डौ, २९ वैशाख । भोलि हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको काम आज पनि जारी छ । नयाँ थपिएका मतदातालाई हिजोबाट परिचयपत्र वितरणसँगैभोट हाल्ने सहि तरिका सिकाउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

हिजो मतदाता परिचयपत्र लिन छुटेकाहरूलाई आजपनि परिचयपत्र वितरण र मतदाता शिक्षाको काम जारी रहने आयोगले जनाएको छ । त्यसका लागि ७५३ पालिकाका १० हजार ७ सय ५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरिएको छ । आयोगका अनुसार आजसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई भोलि हुने चुनावमा मतदात गर्ने अधिकार दिएको छ । तर उनीहरूको नाम मतदाता नामावलीमा समावेश हुनुपर्नेछ । 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०९:२७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology