Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा बस, ट्रिप्पर र कार ठोक्कियो

मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा बस, ट्रिप्पर र कार ठोक्कियो

images

इच्छाकामना न्युज

१४, बैशाख २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा बस, ट्रिप्पर र कार ठोक्कियो
images
चितवन, १४ वैशाख । मुग्लिन-नारायणगढ सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् ।
 
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।
 
आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 
घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - २१:०१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology