Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा भूकम्पको ७ वर्ष : पुनर्निर्माणका काम अझै अधुरै 

गोरखा भूकम्पको ७ वर्ष : पुनर्निर्माणका काम अझै अधुरै 

images

इच्छाकामना न्युज

१२, बैशाख २०७९
गोरखा भूकम्पको ७ वर्ष : पुनर्निर्माणका काम अझै अधुरै 
images

काठमाण्डौ, १२ वैशाख । आज वैशाख १२ गते, अर्थात् गोरखा भूकम्पको सात वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो ।

अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब १हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।सीआईएनसँग कुराकानी गर्दै पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले दुई वर्षभित्र पुनर्निर्माणको सम्पूर्ण काम सक्नेगरी काम भैरहेको बताउनुभयो ।

गतवर्ष नै उद्घाटन भएको धरहराको पूनर्निमाण अझै २७ प्रतिशत बाँकी छ । सिंहदरवार, केशर महल, बालमन्दिर लगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको छ भने हनुमान ढोका दरवार क्षेत्र पूनर्निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको विभागको दाबी छ । आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने गृहमन्त्रालयले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०९:३५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology