Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल र चीन दुवैले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने

नेपाल र चीन दुवैले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने

पत्रपत्रिका

२२, मंसिर २०७७
नेपाल र चीन दुवैले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने
images

काठमाण्डौं, २२ मंसिर । 
नेपाल र चीन दुवैले आगामि मंगलबार एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो ।

images
images

स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो ।

सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम ९जिएनएसएस० प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रवीन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए । २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गरेका थिए ।

४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए । सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोेसेसिङ गरेका थिए ।

नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए ।(नागरिक दैनिक)

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - ०७:४३:०८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology