Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दावी, कसले मार्ला बाजी ?

नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दावी, कसले मार्ला बाजी ?

images

इच्छाकामना न्युज

१, बैशाख २०७९
नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दावी, कसले मार्ला बाजी ?
images

कुरिनटार, १ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बन्न चाहने आकांक्षीहरुले आफ्नो दावी प्रस्तुत गरेको छ। पार्टीबाट उम्मेद्वार हुन चाहनेहरुलाई उम्मेद्वारी दिन गरिएको आह्वानमा बुधबार अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जनाले दावी प्रस्तुत गरेको हो।

अध्यक्षमा चितवनको एकमात्र स्थानीय तह जितेर नेपाली काँग्रेस साख जोगाएका हालको गाउँपालिका अध्यक्ष एवं पार्टी महासमिति सदस्य गीताकुमारी गुरुङ, गाउँपालिकाको हालको उपाध्यक्ष एवं पार्टीको गाउँकमिटि सभापति कृतिकुमार श्रेष्ठले अध्यक्षमा दावी प्रस्तुत गरेको छ।

त्यसैगरी पार्टीको पूर्वमहासमिति सदस्य एवं हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामा र पार्टीकै पूर्वमहासमिति सदस्य बासुदेव सिलवालले समेत अध्यक्षमा दावी प्रस्तुत गरेको छ।

यस्तै उपाध्यक्षमा ३ जनाले दावी प्रस्तुत गरेको छ। उपाध्यक्षमा दावी प्रस्तुत गर्नेहरुमा गाउँ पार्टी उपसभापति दिपक खनाल, पार्टीको पूर्व जिल्ला कमिटि सदस्य एवं पूर्व गाउँकमिटि संयोजक विष्णु कुमार कुँवर र तरुण दलको क्षेत्रीय अध्यक्ष राजकुमार गुरुङ रहेका छन्।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:२९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology