Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनका पुराना माओवादी केन्द्रका नेता खेम भट्ट एमालेमा प्रवेश

चितवनका पुराना माओवादी केन्द्रका नेता खेम भट्ट एमालेमा प्रवेश

images

इच्छाकामना न्युज

२७, चैत्र २०७८
चितवनका पुराना माओवादी केन्द्रका नेता खेम भट्ट एमालेमा प्रवेश
images

चितवन, २७ चैत । माओवादी केन्द्र चितवनका नेता खेम भट्ट नेकपा (एमाले) प्रवेश गरेका छन् । आज (आइतबार) भरतपुर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनि एमाले प्रवेश गरेका हुन् । भट्ट दम्पतीलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराएका हुन् ।

उनि माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज थिए । उनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढुभाई हुन् । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

को हुन भट्ट

नाम : खिमलाल भट्ट
–ठेगाना स्थायी : पटिहानी–२, चितवन
–अस्थायी : भरतपुर महानगरपालिका वार्ड न ३ बेलचोक, नारायणगढ
–जन्म मिति : २०१६।०६।१४
–शिक्षा : प्रवीणता प्रमाणपत्र तह
–पार्टी सदस्यता मिति : २०३५ साल चैत
–अनेरास्ववियु चितवन (छैटौँ) अध्यक्ष २०३७
–खगेरी जलउपभोक्ता समितिको सचिवको हैसियतमा काम गरेको २०४५ देखि दुई कार्यकाल
–नेपाली सेवा समाज जापानको समितिमा सचिव भई काम गरेको ९२०५१–०५३०
–जापानिज भाषा र त्यहाँको आधुनिक कृषिसम्बन्धी ज्ञान ।
–जिविस, चितवन सदस्य २०५४–२०५९
–पार्टी जिल्ला कमिटी सदस्य २०५५–२०५६
–अखिल नेपाली किसान महासंघ सदस्य २०५६–५७
–पार्टी जिल्ला समिति सदस्य २०५८
–पर्यटन विकास समिति चितवनको सदस्य २०६४
–पर्यटन विकास समिति चितवन अध्यक्ष (हालसम्म)
–अमर माविलाई उच्चमावि कलेज बनाउनलाई अध्यक्ष रहेर धान्य पर्व सम्पन्न गरेको । गंगानगर माविलाई उच्च मावि बनाउने । सुन्दरबस्ती निमाविलाई मावि बनाउने । हनुमाननगर निमाविबाट मावि बनाएको (सो कार्यकालमा अध्यक्ष)
–अन्नपूर्ण उच्चमावि पावर्तीपुर, भानु उच्चमावि मधुपुरी, सहिद स्मृति उच्चमावि पारसनगर, लक्ष्मी उच्चमावि जगतपुर,आदिको विकासमा भूमिका खेलेको ।
– प्रहरी हिरासतमा पटक–पटक यातना पाएको । जनआन्दोलनको घाइतेसमेत ।
–हालसम्म नेकपा माओवादी केन्द्र चितवन जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि, महानगरपालिका ३ नंं वडा इन्चार्ज ।

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - २०:१८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology