Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै प्रदुषण कम हुने सम्भावना 

विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै प्रदुषण कम हुने सम्भावना 

images

इच्छाकामना न्युज

२७, चैत्र २०७८
विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै प्रदुषण कम हुने सम्भावना 
images

चितवन, २७ चैत । देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै केहीदिनदेखि बढेको प्रदुषण कम हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि न्यूनचापिय प्रणाली र स्थानीय वायुको प्रभावलेविशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसले केहीदिनयता बढेको प्रदुषण थोरै भएपनि कम हुने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखिसामान्यतया सफा रहने छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले सीआइएनलाई जानकारी दिनुभयो । भोलिदेखि भने मौसम सफा भएर गर्मी बढ्नेछ । 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०९:४१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology