Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लोकदोहोरी गीत किन सभ्य बन्न सकेन ?

लोकदोहोरी गीत किन सभ्य बन्न सकेन ?

images

सिआईएन

२७, चैत्र २०७८
लोकदोहोरी गीत किन सभ्य बन्न सकेन ?
images

अविनाश आचार्य, काठमाडौँ, २७ चैत । घाँस दाउरा मेलापात गर्दा होस्, वा कुनै चाडपर्वको अवसर, नेपाली समाजमा दोहोरी गाउँने परम्परा निकै पुरानो हो । अचेल गाउँघरमा लाहुरे लाहुरबाट फर्किँदा रोधी बस्दैन, दोहोरी गाइदैन । बरु शहरमा दोहोरी साँझ खुलेका छन्, जहाँ लोकगीतका पारखीहरु दोहोरी सुन्न पैसा तिरेर पुग्छन् । कोरोना महामारीले दोहोरी साँझ पनि प्रभावित भयो, दोहोरी गाउने नयाँ थलो बने, युट्यूव लगायतका सामाजिक सञ्जाल । प्रविधीमैत्री दोहोरीमा मौलिकता भने हराएको छ ।

गोरखाका रविन लामिछानेले दोहोरी गाउन थालेको पुगनपुग दश वर्ष भयो । उहाँलाई विभिन्न प्रतियोगिता, मेला महोत्सव र युट्यूव च्यानलका लागि स्टुडियो पुगेर शब्द फुराउन र भाका भर्न भ्याईनभ्याई छ । गायक प्रकाश पराजुलीको व्यस्तता पनि कम छैन । व्यस्तता बढाउने कारण बनेको छ, युट्यूव च्यानलका लागि गाइने दोहोरी । जसले पैसा र पहिचान दुवै दिएको छ ।

दोहोरी भन्ने बित्तिकै गीत मार्फत दोहोरो सम्वाद भन्ने बुझिन्छ । गायक गायिकाले कुनै पनि विषयमा दोहोरी गाउन सक्छन् । लय आफ्नो सहजताको आधारमा तय गरिन्छ । एउटाले सवाल गर्ने र अर्को जवाफ दिने प्रक्रिया दोहोरीको सुन्दरता हो । जुन विगतदेखिकै परम्परा हो । धेरैजसो दोहोरी माया प्रेम र विछोडको वरीपरी घुम्छ । कहिले काँही सामाजिक र राजनितिक विषय बस्तु पनि दोहोरीमा अटाउँछन् । तर, हिजोआज चर्चा कमाउने मोहले कलाकारलाई बिगारेको छ ।

समाजमा अपाच्य हुने शब्द दोहोरीमा प्रयोग हुने क्रम बढेको छ । यसलाई चिन्ताको विषयमा मान्नुहुन्छ, गायक इन्द्र जोशी । दोहोरी मनोरञ्जनका लागि मात्रै गाइँदैन, यसले समाजमा केही न केही सन्देश दिइरहेको हुन्छ । तर हेर्ने र सुन्नेलाई अचेलको दोहोरीले तान्न सकेको छैन । दोहोरीमा उत्छृङ्खलता बढ्दै जानु मौलिक लोक संगितकै लागि राम्रो कुरा नभएको स्रोता दर्शक बताउँछन् । नेपालमा लोक संगीतको क्षेत्रमा लागेका कलाकारको यकिन तथ्याङ्क छैन । तर, झण्डै एक लाख कलाकार यो क्षेत्रमा हुनसक्ने अनुमान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छ ।

गायक बन्न कुनै मापदण्ड नहुनु र नियामक निकाय नहुनुले विकृति बढेको हुनसक्ने गायक नारायण लेकालीको तर्क छ । दोहोरीलाई सभ्य र मर्यादित अनि कलाकारलाई अनशासित बनाउन प्रत्यक्ष दोहोरी कलाकार संघ गठन भएको छ । तर संघले दोहोरीमा देखिएको विकृति घटाउने उपाय भने खोजिसकेको छैन । दोहोरी गीतको विकृतिबारे चिन्ता बढिरहेको छ । प्रभावकारी रुपमा नियमन गर्ने निकाय छैन ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव रमेशराज भट्टराई कानुन नभएकै कारण उच्छृङ्खलता रोक्न नसकिएको बताउनुहुन्छ । पुराना सिर्जनाको संरक्षण, अब्बल कलाकार उत्पादन र कला संस्कृतीको विस्तारमा दोहोरी गीतले भुमिका खेल्दै आएको छ । तर व्यवसायका नाममा बढेको विकृति नरोकिए मौलिक लोकदोहोरीको क्षेत्रमा गहिरो असर पर्ने चिन्ता दर्शक स्रोताको मात्रै छैन, स्वयं सजर्कको पनि छ । 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०९:३७:४६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology