Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थारु पत्रकार संघ नेपालको अध्यक्षमा प्रदीप लेखी चयन

थारु पत्रकार संघ नेपालको अध्यक्षमा प्रदीप लेखी चयन

images

इच्छाकामना न्युज

२६, चैत्र २०७८
थारु पत्रकार संघ नेपालको अध्यक्षमा प्रदीप लेखी चयन
images

नवलपुर, २६ चैत । थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन् । नवलपुरको अमलटाँरीमा आज (शनिबार) सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।

लेखी काठमाडौँमा रहेर कान्तिपुर टेलिभिजनमा पत्रकारिता गर्दै आइरहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), बागमती तर्फको उपाध्यक्षमा किशोर चौधरी, उपत्यका उपाध्यक्षमा सहदेव चौधरी, प्रदेश १ उपाध्यक्षमा कुलदिप चौधरी, लुम्बिनी उपाध्यक्षमा शम्भु चौधरी, मधेश उपाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन् ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिनेछ ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लिलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन् । यस्तै सदस्यहरुमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी (चितवन), सुमित्रा चौधरी (चौधरी), दिनेश कुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी चयन भएका छन् ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ११:२३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology