Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन लागिपर्नेछु : प्रचण्ड

भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन लागिपर्नेछु : प्रचण्ड

इच्छाकामना न्युज

२५, चैत्र २०७८
भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन लागिपर्नेछु : प्रचण्ड

चितवन, २५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गरिने बताएका छन् ।

images

आज (शुक्रबार) भरतपुर अस्पतालको ५९औं वार्षिकोत्सव समारोहको समुद्घाटन गर्दै अध्यक्ष दाहालले देशकै मध्यभागमा पर्ने भरतपुर अस्पताललाई पोखरा विश्वविद्यालयबाट सम्बन्धन दिलाएर मेडिकल कलेजको रुपमा विकास गर्न लागि पर्ने बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा स्थानीय अस्पताललाई बनाएको मेडिकल कलेजको मोडालिटीमा नै भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने बताए । त्यसका लागि प्रधानमन्त्री समक्ष आफूले प्रस्ताव लैजाने प्रचण्डको भनाई थियो ।

अध्यक्ष दाहालले भरतपुर अस्पतालमा एमआरआई र क्याथल्याबका निर्माणका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए । उनले भरतपुर अस्पताललाई संघीय अस्पताल बनाउन ठूलो मेहनत गरेको स्मरण गर्दै यसको सेवालाई विस्तार र वृहत बनाउन आवश्यक रहेको बताए । संघीय अस्पताल बने पनि सेवा सुविधा विस्तार नभएकोमा चिन्ता व्यक्त गर्दै दाहालले सरकारले त्यसमा गम्भिर भएर लाग्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा आवश्यक पर्ने भौतिक संरचनाको विकासका लागि आफ्नो तवरबाट सक्दो सहयोग गरिरहेको भन्दै त्यसलाई थप निरन्तरता दिने बताए । यसैबीच अध्यक्ष दाहालले अस्पतालका नवनिर्मित ‘ सी’ ट्रमा सेन्टर र बिरामी कुरुवा घरको समुद्घाटन गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री विजय सुवेदी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्णराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अस्पतालका निमित्त मेसु डा.सुनिलमणि पोखरेलले अस्पतालको कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २२:०२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology