Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानमा संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज 

पाकिस्तानमा संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज 

एजेन्सी

२५, चैत्र २०७८
पाकिस्तानमा संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज 
images

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । हिजो रिटमाथि सुनुवाइ गर्दै अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको निर्णय गरेको हो ।

images
images

बीबीसीले लेखे अनुसार सर्वोच्चले पुर्नस्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिँदै भोलि नै अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ । गत आइतवार प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव खारेज भएपछि उहाँले राष्ट्रपतिलाई सिफारिस गर्दै संसद विघटन गर्नुभएको थियो ।

सर्वोच्चको निर्णयलाई विपक्षी दलले स्वागत गर्दै संविधानको जित भएको प्रतिक्रिया दिएका छन् । यता, सर्वोच्चले संसद विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री खानले आज मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले आज देशको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०९:३३:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology