Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा बर्सेनि साढे चार लाखमा टाइफाइडको सङ्क्रमण पुष्टि

नेपालमा बर्सेनि साढे चार लाखमा टाइफाइडको सङ्क्रमण पुष्टि

images

सिआईएन

२५, चैत्र २०७८
नेपालमा बर्सेनि साढे चार लाखमा टाइफाइडको सङ्क्रमण पुष्टि
images

सजना तिमल्सिना, काठमाडौं, २५ चैत । साल्मोनेला टाइफीको सङ्क्रमणबाट हुने गम्भीर प्रकारको रोग टाइफाइडबाट नेपालमा बर्सेनि १५ वर्षमुनिका १ लाख ५ हजार बालबालिका सङ्क्रमित हुने गरेका छन् । जसमध्य १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ ।

गएको ५ वर्षको सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजारमा टाइफाइड पुष्टि हुने गरेको छ  । पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार बिरामी भएर अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड चौथोपर्ने देखिएको छ ।

सरकारले टाइफाइड विरुद्धको खोप दिन भएपछि अभिभावक उत्साहित भएका छन् । टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ । परिवार कल्याण महाशाखाले गरेको पछिल्लो अध्ययनले नेपालमा हाल८२ हजार ४ सय ४९ जना टाइफाइडका बिरामी रहेको देखाएको छ । सङ्क्रमित हुनेमध्ये ६० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।

सङ्क्रमित व्यक्तिको दिसा, दूषित खाना वा पानीको माध्यमबाट यो रोग सर्दछ । सरसफाइमा ध्यान दिन सकेको खण्डमा भने यसबाट केही हदसम्म जोगिन सकिन्छ । टाइफाइडविरुद्ध खोप सुरू अभियान सुरू गर्ने देशमा नेपाल, दक्षिण एसियामै पहिलो राष्ट्र हुने सरकारले दाबी गरेको छ ।

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउनुको महत्व तथा यो अभियान सुरू गर्नुका कारण बालबालिकालाई यसरोगबाट जोगाउनु रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. सागर दाहालको भनाइ छ । टाइफाइड भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने, बान्ता हुने लगायत लक्षण देखिन्छ । 

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०९:२६:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology