Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जातिय विभेदविरुद्ध स्थानीय सरकारको सक्रियता, तर लगानी अनुसार प्रतिफल कम  

जातिय विभेदविरुद्ध स्थानीय सरकारको सक्रियता, तर लगानी अनुसार प्रतिफल कम  

images

सिआईएन

२४, चैत्र २०७८
जातिय विभेदविरुद्ध स्थानीय सरकारको सक्रियता, तर लगानी अनुसार प्रतिफल कम  
images

अविनाश आचार्य, काठमाडाँै, २४ चैत । देश जातिय छुवाछुत मुक्त घोषणा भएको १५ वर्ष भयो । नेपालको संविधान अनुसार कसैले पनि कसैलाई कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न पाइँदैन ।

संविधानको प्रस्तावनामा नै वर्गीय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक तथा सबै प्रकारका छुवाछूतको अन्त्य गर्ने उल्लेख छ । जस अनसुसार स्थानीय सरकारहरूले काम गरिरहेको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अन्तरजातिय विवाह गर्नेलाई संस्थागत रुपमा नै सम्मान गर्ने नीति बनायो । उपप्रमुख जानुका पराजुलीका अनुसार हालसम्म पालिकाबाट अन्तरजातिय विवाह गर्ने १२ जोडी सम्मानित भइसकेका छन् । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा पनि यस्तो अभ्यास छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले २०७५ असोज १३ गते पालिकालाइ छुवाछुत मुक्त बनाउने घोषणा ग¥यो । बैतडीको पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले निर्वाचित भएलगत्तै छुवाछुतरहित गाउँपालिका बनाउन पहिलो गाउँसभाबाट नै सार्वजनिक महत्वको प्रस्ताव ल्याएका थिए । हाल सचेतना र जागरणका अभियान चलिरहेका छन् ।

तेह्रथुमको छथर गाउँपालिकाले जातिय विभेदको मुख्य कारक आर्थिक विपन्नता भएको निष्कर्ष निकाल्दै दलित समुदायको लागि आर्थिक र शैक्षिक सवलतामा जोड दिएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुको भनाइ छ  । स्थानीय तहको संरचनासँगै जातिय विभेद विरुद्धको अभियान बढेको र विभेदमा कमी आएको कतिपयको दाबी छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार देशभरका सबैजसो पालिकाले जातिय विभेद विरुद्ध अभियान चलाएका छन् । देशभरका पालिकाले विभेद्ध विरुद्धको अभियानका लागि करोडौं खर्च गरेका छन् । तर, जातिय विभेदका घटनामा उल्लेख्य रूपमा कमी आउन भने सकेको छैन ।  

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:०४:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology