Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज विश्व स्वास्थ्य दिवस मनाइँदै, नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ३७ हजारभन्दा बढीको मृत्यु 

आज विश्व स्वास्थ्य दिवस मनाइँदै, नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ३७ हजारभन्दा बढीको मृत्यु 

images

इच्छाकामना न्युज

२४, चैत्र २०७८
आज विश्व स्वास्थ्य दिवस मनाइँदै, नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ३७ हजारभन्दा बढीको मृत्यु 
images

काठमाण्डौ, २४ चैत । आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो ।

वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रीत हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण जलवायु सङ्कटले मानिसहरूको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुँदा वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको बताएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार विश्वमा दस मध्ये नौ जना प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यस्तै नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६ सय ८३ जना र सूर्तीजन्य रोगका कारण २७ हजार १ सयको अकालमै मृत्यु हुने गरेको पनि मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०९:४५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology