चितवन, २४ चैत । ‘हिमाल बचाउ, नदि जोगाउ’ भन्दै मानव अधिकार तथा शान्ति समाज चितवनले शान्ति पदयात्रा गरेको छ। आज बिहान नारयणगढको पुल्चोक देखि शहिदचोकसम्म समाजले शान्ति पदयात्रा गरेको हो।
‘हिमाल बचाउ, नदि जोगाउ’, ‘नदि जोगाउ, गुणस्तरीय स्वास्थ्य सेवा’ र ‘वैज्ञानिक शिक्षा सबैकोअधिकार, जगतमुखि जिवनमुखी अभियान’ लगायतका नारा सहित समाजले पहिलो चरणको कार्यक्रम अन्तर्गत शान्ति पदयात्रा र पम्प्लेट वितरण गरिएको समाजका चितवन सभापति शम्भु राउतले जानकारी दिए।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य माधव गौतम, बागमती प्रदेस सचिव बाबुहरी आचार्य लगायतकाको सहभागिता रहेको थियो।