काठमाडौं, २२ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई उनले रिपोटिङ गरेको भिडियो सामग्रीबारे ध्यानाकर्षण गराएको छ ।
काउन्सिलले पत्र लेख्दै धमलालाई प्राईम्स टेलिभिजनबाट २०७८ चैत्र २० गते जनता जान्न चाहान्छन् कार्यक्रम अन्तर्गत ‘काठमाडौंमा उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरेटिले रोकेपछि यस्तो सम्म भयो’ शिर्षक दिई विमानस्थलबाट प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कन क्रममा धमलाले अनुमतिबेगर बलजबफ्ती गरेर प्रत्यक्ष प्रसारण गरेको भन्दै काउन्सीलले पत्रकार आचारसंहिताबारे ख्याल गर्न पनि सुझाएको छ ।
काउन्सिलले ‘बायुसेवका कर्मचारीले सुरक्षा संवेदनशीलतालाई कारण प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीको रुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको के कति कारणले गर्नुपरेको हो ?’ भन्दै पत्रकार धमलालाई प्रश्न समेत गरेको छ ।
यस्तो छ पत्रकार धमलालाई काउन्सिसले लेखेको पत्र
