Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाई हुने 

पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाई हुने 

एजेन्सी

२२, चैत्र २०७८
पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाई हुने 
images

पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार संसद भङ्गको विषयमा आज मध्यान्ह १२ बजेका लागि सुनुवाई तोकिएको छ ।

images
images

हिजोका लागि तोकिएको सुनुवाई संसदका उप सभामुखले आजसम्मका लागि स्थगित गरेका थिए । आजको सुनुवाइ प्रक्रिया पछि कुनै आदेश जारी नगरिने पाकिस्तानका प्रमुख न्यायाधीश उमर अता बान्दियालले बताउनुभयो ।

यसअघि, विपक्षी पार्टी पाकिस्तान पीपुल्सले रिट दायर गर्दै सुनुवाईका लागि अदालतका सबै १६ जना न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो । पाकिस्तानमा बढ्दो राजनीतिक र आर्थिक सङ्कटका कारण परिस्थिति बिग्रिदै गएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतवार संसद भङ्ग गर्नुभएको थियो । प्रधानमन्त्रीले संसद भङ्ग गरेपछि विपक्षी दलले विरोध गरेको छ । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण र आर्थिक समस्या समाधान गर्न सरकार असफल रहेको भन्दै आलोचना भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०९:१६:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology