Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्थानीय सरकार आएपछि महिला सशक्तिकरणको योजना प्रभावकारी 

स्थानीय सरकार आएपछि महिला सशक्तिकरणको योजना प्रभावकारी 

images

इच्छाकामना न्युज

२२, चैत्र २०७८
स्थानीय सरकार आएपछि महिला सशक्तिकरणको योजना प्रभावकारी 
images

अविनाश आचार्य, काठमाडौँ, २२ चैत । २०७४ को चुनावबाट ७ सय ५३ स्थानीय तहका विभिन्न पदमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा १४ हजार ३ सय ५२ जना महिला रहेका छन् ।

यो कार्यकालमा स्थानीय तहमा जनप्रतिनिधि महिलाको सहभागिता बढेको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि जनप्रतिनिधि महिलाको सङ्ख्या मात्रै होइन, सीप सिक्ने र स्वरोजगार बन्ने महिलाको सङ्ख्या पनि बढिरहेको छ ।

स्थानीय सरकार गठन पछि काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १ फुलबारीका कल्पना सत्याल क्रिस्टलका गरगहनाको व्यवसाय गर्नुहुन्छ । वडा कार्यालयले गत वर्ष दिएको सीप विकास तालिमले उहाँलाई व्यवसायी बनायो । कल्पनासँगै तालिममा सहभागी अन्य १६ महिला पनि यही पेशामा जोडिएका छन् ।

वडा नम्बर १ ले यो पाँच वर्षे अवधिमा महिलाहरूलाई लक्षित गरि माला बनाउने, सिलाइकटाइ, सौन्र्दय व्यवसायदेखि अगरबत्ती बनाउने सम्मका तालिम दिएको छ । वडाबाट लगभग ४ सय ५० महिलाले विभिन्न थरी सीप सिकेका छन् ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण बछेराका अनुसार ५ बर्षे कार्यकालमा वडाबाट महिला सशक्तिकरणमा मात्रै केन्द्रीत भएर दर्जनभन्दा बढी कार्यक्रम चले । जसबाट दुई सय ४० महिलाले सीप विकासको तालिम लिएका छन् ।

सिरहाको भगवानपुर गाउँपालिकाले वडा कार्यालयमार्फत महिलालाई सिलाईकटाई, ब्युटीसियन, व्यावसायिक कृषि लगायत तालिम दिएको छ । पाँच वटा वडा रहेको पालिकामा प्रत्येक वर्ष दुई सय महिलाले स्वरोजगारमुलक तालिम लिएका छन् । यसरी हेर्दा ५ वर्षमा गाउँपालिकाभरिबाट तीन हजार महिला सीपयुक्त बनेका छन् ।

बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल प्रसाद पौडेलका अनुसार वडाबाट ५ वर्षमा करिब पाँच सय महिलाले सीपमुलक तालिम लिएका छन् । अन्य वडाको पनि सरदर तथ्याङ्क उस्तै छ ।

यसरी हेर्दा नगरपालिकाभरिमा लगभग पाँच हजार महिला स्वरोजगारमूलक तालिममा जोडिएका छन् । ५ वर्षमा सात सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामार्फत कति महिलाले सीप सिके भन्ने एकिन तथ्याङ्क छैन । तर, सरदरमा एउटा वडाबाट वार्षिक २ सय महिलाले सीपमूलक तालिम लिएका छन् । यसरी हेर्दा देशभरका झण्डै १३ लाख ४८ हजार महिला वार्षिक रूपमा क्षमता अभिबृद्धी र सीप विकास तालिममा जोडिएका छन् ।

कतिपय समयमा सीपमूलक तालिम लिनेहरू दोहोरिएका पनि छन् भने कोरोनाको कारण झण्डै डेढ वर्ष सीपमूलक तालिमका कार्यक्रम भएनन् । तर, पनि स्थानीय सरकारकै तथ्याङ्क मान्ने हो भने पनि सीप सिकेका मध्यबाट झण्डै आधा, आय आर्जनमूलक काममा जोडिएका छन् । जसले महिला सशक्तिकरण बढाएको छ । 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०९:०२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology