Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

श्रम ऐन कार्यान्वयन नहुँदा श्रमिकहरू आधारभूत अधिकारबाट वञ्चित हुँदै 

श्रम ऐन कार्यान्वयन नहुँदा श्रमिकहरू आधारभूत अधिकारबाट वञ्चित हुँदै 

images

सिआईएन

१८, चैत्र २०७८
श्रम ऐन कार्यान्वयन नहुँदा श्रमिकहरू आधारभूत अधिकारबाट वञ्चित हुँदै 
images

अविनाश आचार्य, काठमाडौँ, १८ चैत । श्रम ऐन कार्यान्वयन नहुँदा श्रमिकहरू आधारभूत अधिकारबाट वञ्चित हुँदै आएका छन् । श्रम ऐन २०७४ र यसैका आधारमा बनेका निर्देशिका, कार्यविधिमा श्रमिकको हित र अधिकारका बारेमा दर्जनौ बुँदा र विषय समावेश गरिएको भएपनि नेपालमा रोजगारदाताहरूको मनपरीका कारण कार्यान्वयन हुन सकेको छैन ।

श्रम ऐन अनुसार कुनै पनि उद्योग, कलकारखानाले काम लगाउनुअघि रोजगार सम्झौता अनिवार्य रुपमा गर्नुपर्छ । तर उद्योगहरूले त्यसो नगरी काममा लागउँदा सेवासुविधा मनपरी दिने वा जुनसुकै बेला निकाल्ने गरेका छन् । कारखाना श्रमिक सङ्घका अनुसार कारखाना क्षेत्रमा कार्यरत झण्डै २५ लाख श्रमिकसँग सम्झौता गरिएको छैन । तीमध्ये अधिकांश औद्योगिक प्रतिष्ठानमा काम गरिरहेका छन् ।

कारखाना श्रमिक सङ्घका राष्ट्रिय महासचिव किशोर त्रिपाठीले ऐन नियम कार्यान्वयनका लागि दबाब दिने काम भइरकोे बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम तथा व्यावसायजन्य सुरक्षा विभागले श्रमिकको पिरमर्का बारे अध्ययन तथा आवश्यक निर्देशन दिने भएपनि श्रोतसाधान अभावमा काम गर्न नसकिएको विभागका निर्देशक उमाकान्त आचार्यले बताउनुभयो ।  

कार्यस्थलमा कुनै विशेष परिस्थिति उत्पन्न भए श्रमिकलाई जगेडामा राख्नुपर्ने र उक्त समयमा रोजगारदातासँगको सम्बन्ध कायमै रहने पनि श्रम ऐनमा भनिएको छ । ऐन कार्यान्वयन गर्नुको साटो अधिकांश कलकारखानामा भने ठेकेदारमार्फत श्रमिक काममा लगाउने क्रम बढेको छ ।  यसमा सरकारी निकाय चुपचाप देखिँदा श्रमिकले पसिना अनुसारको मूल्य पनि पाउन सकेका छैनन् । 

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:५४:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology