Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको इच्छाकामना गाउँपालिकामा झण्डै ४ हजार नयाँ मतदाता थपिए, कुन वडामा कति हेर्नुस् 

चितवनको इच्छाकामना गाउँपालिकामा झण्डै ४ हजार नयाँ मतदाता थपिए, कुन वडामा कति हेर्नुस् 

इच्छाकामना न्युज

१७, चैत्र २०७८
चितवनको इच्छाकामना गाउँपालिकामा झण्डै ४ हजार नयाँ मतदाता थपिए, कुन वडामा कति हेर्नुस् 
images

कुरिनटार, १७ चैत । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा झण्डै ४ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय चितवनको तथ्याङ्क अनुसार अघिल्लो स्थानीय तहको निर्वाचनमा ११ हजार ६५४ मतदाता रहेको इच्छाकामनामा यसपटक ३ हजार ९ सय ८० नयाँ मतदाता थपिएका हुन्।  

images
images

यो सँगै आगामी स्थानीय तहको निर्वाचनमा इच्छाकामनामा भोट हाल्ने मतदाताको संख्या १५ हजार ६ सय ३४ पुगेको छ। 

यस्तै तथ्याङ्क अनुसार इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा १६१७, वडा नं. २ मा १७६०, वडा नं. ३ मा २४५२, वडा नं. ४ मा २४६१, वडा नं. ५ मा २२५३, वडा नं. ६ मा २१३८ र वडा नं. ७ मा २९५३ मतदाता रहेको छ। जसअनुसार सबै भन्दा बढि वडा नं. ७ मा र सबैभन्दा कम वडा नं. १ मा मतदाता रहेको देखिन्छ । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १०:०९:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology