Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा, युट्युबबाट हटाउन चेतावनी

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा, युट्युबबाट हटाउन चेतावनी

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा, युट्युबबाट हटाउन चेतावनी
images

काठमाण्डौ, २८ फागुन । प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । 

images
images

तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन । कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।

त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, 'जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् ! 

पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ  तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् - त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ । 

उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न - अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !'

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २१:५२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology