चितवन ,२८ फागुन । चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । शक्तिखोर फिस्लिङ सडकखण्ड अन्तरगत ईच्छाकामना गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल रमाइलो डाडाँमा शुक्रबार साँझ दुर्घटना हुदाँ घटना स्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा चितवनको इच्छाकामना ३ का ३० बर्षिय तृकि भनिने प्रतिभा गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ, र इच्छाकामना.२ बस्ने बर्ष २४ को नविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । नविन गुरुङ भने नाताले तृकि गुरुङकी भदै हुन् ।
मोटरसाइकल सडकबाट अन्दाजी ४०० मिटर तल खसी दुर्घटना भएको हो । उनिहरुको शवलाई उद्वार गरी पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।