Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ
images

काठमाडौं, २२ फागुन । प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ । 

images
images

काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:२७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology