Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवने साहित्यकार एवं समालोचक तेजविलासको नयाँ मुक्तक संग्रह ‘उच्छेद’ विमोचन

चितवने साहित्यकार एवं समालोचक तेजविलासको नयाँ मुक्तक संग्रह ‘उच्छेद’ विमोचन

इच्छाकामना न्युज

१४, फाल्गुण २०७८
चितवने साहित्यकार एवं समालोचक तेजविलासको नयाँ मुक्तक संग्रह ‘उच्छेद’ विमोचन
images

कुरिनटार, १४ फागुन । चितवनको इच्छाकामना-३ चुम्लिङटार निवासी साहित्यकर एवं समालोचक तेजविलास अधिकारीद्वारा रचित “उच्छेद” मुक्तक संग्रह शुक्रबार विमोचन भएको छ।

images
images

समाजसेवी नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा भगवति अर्यालले स्वागत मन्तब्य राखेका थिए ।

उक्त विमोचनको समिक्षा वरिष्ठ साहित्यकार तथा सह प्राध्यापक डा. धनेश्वर भट्टराईकोले गर्नु भएको थियो । विमोचन कार्यक्रममा कविहरु अनिल श्रेष्ठ, माधवप्रसाद खनाल, रमेश खतिवडा लगायतका उपस्थिति रहेको थियो ।

अधिकारीको गजलको माध्यमबाट समाजमा बढ्दै गईरहेको बिकृति तथा बिसंगतिहरु पूर्ण रुपमा समाप्त हुदै सामाजिक रुपान्तरणमा सकारात्मक टेवा पुग्ने विश्वासका साथ अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

स्थानीय राजनैतिककर्मि, बुद्धिजिवी एवं साहित्यकारहरुको बाक्लो उपस्थिति कार्यक्रम ईश्वर पौडेलले सञ्चालन गरेको थियो।

सो विमोचन कार्यक्रममा चितवन, तनहुँ, गोरखा, धादिङका साहित्यकारहरूको समेत जमघट रहेको थियो।

 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - २०:२३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology