Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना

मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना

images

एजेन्सी

६, फाल्गुण २०७८
मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना
images

अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् ।  उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो ।

क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् । 

टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् । 

आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:०५:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology