Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको शहीदलखन गाउँपालिकाले जनयुद्धका सहिद, वेपत्ता परिवार र किसानहरुलाई नगद सहित सम्मान गर्‍यो

गोरखाको शहीदलखन गाउँपालिकाले जनयुद्धका सहिद, वेपत्ता परिवार र किसानहरुलाई नगद सहित सम्मान गर्‍यो

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
गोरखाको शहीदलखन गाउँपालिकाले जनयुद्धका सहिद, वेपत्ता परिवार र किसानहरुलाई नगद सहित सम्मान गर्‍यो
images

बुंकोट, ३ फागुन । गोरखाको शहीदलखन गाउँपालिकाले जनयुद्धमा सहादत प्राप्त गरेका सहिद, वेपत्ता परिवार र किसानलाई सम्मान गरेको छ । सोमवार प्रथम शहीद लखन थापाको एक सय ४५ औँ स्मृति दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो।

274048431_1035197887030568_4915361811003976390_n.jpg

काहुलेभंगारस्थित लखन थापा स्मारकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रमेश थापा र कार्यक्रमका अध्यक्ष वडाअध्यक्ष शरण श्रेष्ठले २०५५ सालदेखि २०६१ सालसम्म जनयुद्धका सहिद र वेपत्ता परिवारलाई सम्मान गरेका हुन्।

जनयुद्धमा सहादत पाएका बक्राङका रामबहादुर अर्याल (२०५६), रामजी घर्ती मगर (२०५८), रामशरण अर्याल (२०५९), श्रीराम खनाल (२०५८), कृष्ण लामिछाने (२०५९), रामकृष्ण श्रेष्ठ (२०६१) केशरबहादुर आले (२०६१), गीता थापा (२०५५), लिला खनाल ‘बिन्दु’ (२०५५), सुरेश कुँवर (२०६०) को परिवारलाई प्रति परिवार २७ हजार नगद र दोसल्लाले सम्मान गरेको हो।

273994923_1035197847030572_6120047466650057998_n.jpg

नेपालमा माओवादी युद्ध सुरु भएदेखि शान्ति प्रक्रियामा नआउँदासम्म गाउँपालिका भित्र जनयुद्धमा सहादत प्राप्त गर्नेको परिवारलाई गाउँपालिकाले नगद सहित दोसल्लाले सम्मान गरेको थियो । हरेक वर्ष गाउँपालिकाले शहीद सम्मान गर्दै आएको छ । सोही अवसरमा जैसिंह चुमीको सन्ततिमध्यका एकजनालाई पनि नगद सहित सम्मान गरिएको थियो ।

घरमा आयआर्जन गर्ने अभिभावकले सहादत पाएकाले उनीहरुको परिबारलाई सहयोग गरिएको प्रमुख प्रकाशकीय अधिकृत जीवन आलेले जानकारी दिए ।

किसानलाई पनि सम्मान
त्यस्तै सर्वोत्कृष्ठ दुई किसान पशुपालनतर्फका धनबहादुर राना (वडा नं. ६का) र कृषितर्फ फूलमति दर्लामी (वडा नं. २) लाई १८ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

त्यस्तै अन्य पशुपालन गर्ने किसानहरु अस्मिता आचार्य, कुलबहादुर थापा, थानबहादुर थापा, आशिष चेपाङ, वुद्धिमान श्रेष्ठ, कृष्णबहादुर थापामगर, विनोद अधिकारी, शेरबहादुर कामीलाई पनि नगद १४ हजार रुपैयाँका दरले नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै कृषितर्फका किसानहरु शिव विक, केदारप्रसाद दुवाडी, सीता चेपाङ, वीरबहादुर राना, काजिराम पुडासैनी, अमृत श्रेष्ठ, लीलानाथ अम्गाई र डोलेन्द्रबहादुर भण्डारीलाई पनि नगद १४ हजार रुपैयाँका दरले र कदर पत्रसहित सम्मान गरिएको थियो ।

273997398_1035197930363897_8204531704121260029_n.jpg

शहीदलखन गाउँपालिकाले सोमवार पालिकाभित्र स्थानीय बिदा घोषणा गरेर बिभिन्न कार्यक्रम संचालन गरेको हो । वडा नम्बर ७ काहुलेभंगार स्थित लखन थापाको शालिक परिसरमा उनको सम्झना र सम्मानमा कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवाहरु, स्थानीयको उपस्थिति थियो ।

यस्तै गाउँपालिकाको लोगो निर्माणकर्ता शहीदलखन ७ का भरतबहादुर आलेलाई नगद ५० हजार सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । अध्यक्ष रमेश थापाले लखन थापा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आलेलाई सम्मान गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०९:४०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology