Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

एजेन्सी

२, फाल्गुण २०७८
पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव
images

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

images
images

एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । 

लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिmले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई  नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।
 
पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १०:१५:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology