Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बागमती प्रदेश सरकारद्वारा इच्छाकामनाको खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण गर्ने

बागमती प्रदेश सरकारद्वारा इच्छाकामनाको खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण गर्ने

प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले गरे शिलान्यास

images

इच्छाकामना न्युज

२९, माघ २०७८
बागमती प्रदेश सरकारद्वारा इच्छाकामनाको खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण गर्ने
images

इच्छाकामना,२९ माघ । चितवनको इच्छाकामना ५ खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ । बागमती प्रदेशको आर्थिक सहयोगमा उक्त भवनको निर्माण कार्य सुरु भएको हो ।

भवनको आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले शिलान्यास गर्नुभएको हो । मन्त्री दाहालले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले रु. १० लाखले भवन निर्माण सम्पन्न गर्न प्रयाप्त नहुने भएकाले थप वजेट उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दुई जना जग्गादाताहरुलाई सम्मान समेत गरेका थिए ।

जग्गादाताहरु कमानसिङ्ग मगर र मोतिलाल क्याप्छेकी मगर लाई प्रमुख अतिथि समेत रहनुभएका घनश्याम दाहाल अविनासले दोसल्ला ओडाएर सम्मान गर्नुभयो । खर्पन आमा समूहका अध्यक्ष कृष्ण माया मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ लागयतको आतिथ्यता रहनुभएको थियो ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - २०:५९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology