Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शहिद लखन गाउँपालिकाको दशौँ गाउँ सभा सम्पन्न, करिब ५ करोड बजेट रकमान्तर

शहिद लखन गाउँपालिकाको दशौँ गाउँ सभा सम्पन्न, करिब ५ करोड बजेट रकमान्तर

images

इच्छाकामना न्युज

२८, माघ २०७८
शहिद लखन गाउँपालिकाको दशौँ गाउँ सभा सम्पन्न, करिब ५ करोड बजेट रकमान्तर
images

गाेरखा, २८ माघ । शहिद लखन गाउँपालिकाकाे दशाैँ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ । गाउँसभाले ४ कराेड ९९ लाख ८८ हजार रुपैयाँ बजेट रकमान्तर गरेकाे छ ।

मर्मत सम्भार काेषमा रहेकाे २० लाख, समपूरक काेषकाे ४५ लाख, देउराली व्हायाक रानिश्वाँरा तिनधारे  चिसाेपानी खानेपानी तिनमाने घैरुङ सडककाे ८ लाख, विपद व्यवस्थापन काेषकाे ५० लाख, विपद व्यवस्थापनकाेष वडा नम्बर ५ काे ६ लाख, सँघ सँस्था तथा अन्य व्यक्तिगत सहयाेग अनुदान ७ लाख, समपूरक काेष वडा नम्बर १ काे १० लाख, एम्बुलेन्स सेवा वडा नम्बर १ काे ८ लाख १० हजार, ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम वडा नम्बर १  काे १ लाख , विउविजन खरिद वडा नम्बर १ काे ७० हजार, ५० प्रतिशत अनुदानमा माैरीकाे घार वितरण वडा नम्बर १ एकलाख, विपद व्यवस्थापन वडा नम्बर १ काे ५ लाख, समपूरक काेष वडा नम्बर ५ काे १० लाख, ८ काे ५ लाख, विपद व्यवस्थापन वडा नम्बर ३ काे १ लाख ५० हजार,विपद व्यवस्थापन वडा नम्बर ९ काे १० लाख, स्वयँसेवक शिक्षक छनाैट तथा परिचालन शिर्षककाे १९ लाख ५० हजार रकम रकमान्तर भएकाे हाे ।

दिर्घकालिन याेजना बनाएर काम गरेका वडाहरुकाे रकमान्तर शिर्षक कम र काम गर्न नसकेकाे वडाहरुकाे रकमान्तर शिर्षक धेरै रहेकाे छ । वडा नम्बर १ का याेजनाहरु अधिकाँश रकमान्तरमा परेका छन् ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - २१:२५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology