घैरुङ, २८ माघ । शहिद लखन गाउँपालिकाले आफ्नो लागो सार्वजानिक गरेको छ । दशौं हिउँदे सभाका अवसरमा आज पालिकाले लोगो सार्वजानिक गरेको हो ।
लोगो शहिद लखन गाउँपालिका ७ काउले भंगारका राजकुमार आलेले डिजाइन गरेको बताइएको छ ।
त्यस्तै लोगो डिजाइन गरेका आलेलाई शहिद लखन गाउँपालिकाले नगद ५० हजारसहित सम्मान गर्ने निर्णय गरेको पालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।
उनलाई आगामी फागुन २ गतेका दिन शहिद लखन थापा स्मृती दिवशका अवसरमा नगद सहित सम्मानको कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए ।