Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शहिदलखनको बुङकोटमा जुनियर व्युटीसियन तालिम सुरु

शहिदलखनको बुङकोटमा जुनियर व्युटीसियन तालिम सुरु

images

इच्छाकामना न्युज

२७, माघ २०७८
शहिदलखनको बुङकोटमा जुनियर व्युटीसियन तालिम सुरु
images

गोरखा, २७ माघ । गोरखाको शहिदलखन गाउँपालिका बुङकोटमा जुनियर ब्युटीसियन तालिम सुरु भएको छ । गोरखा बहुप्राविधिक शिक्षालयको आयोजना विहिबार देखि तालिम सुरु भएको छ ।

तालिममा शहीदलखन गाउँपालिकाका वडा नं ६, ७ र ८ र ९ का २० जना महिला सहभागि रहेको वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।

गोरखा बहुप्राविधिक शिक्षालय र स्थानीय तहको लागत तथा प्राविधिक साझेदारीमा तीन सय ९० घण्टाको निशुल्क जुनियर ब्युटीसियन तालिम दिइनेछ ।

वडाअध्यक्ष शरण श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका उपप्रमुख इन्द्रीरा तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा बहु प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौला, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अंगाई, शिक्षालयका उपप्रमुख कृष्णबहादुर श्रेष्ठ, ज्ञानेन्द्र देवकोटा, मिलन देवकोटा लगायतका तालिम उद्घाटनमा सहभागी थिए ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:३७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology