Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिटीको सहज जित, टोटनहम पराजित

सिटीको सहज जित, टोटनहम पराजित

images

इच्छाकामना न्युज

२७, माघ २०७८
सिटीको सहज जित, टोटनहम पराजित
images

काठमाडौं, २७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा  सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो  ।  

खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो । 

जितसंगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ  । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ । 

यता, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसंग ३-२ ले पराजित भयो । आत्माघाती गोलसंगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो । 

भ्रमणकारी टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद  र चे एडाम्सले एक एक गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।

जितसंगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित  १० औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो । 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०७:४७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology