Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यौन दुव्र्यवहारबाट पीडित महिला भन्छिन्—प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो

यौन दुव्र्यवहारबाट पीडित महिला भन्छिन्—प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो

images

एजेन्सी

२७, माघ २०७८
यौन दुव्र्यवहारबाट पीडित महिला भन्छिन्—प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो
images

सिड्नी—अस्ट्रेलियामा यौन दुव्र्यवहारबाट पीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।

ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् । फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।  
 
यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुव्र्यवहारको गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्स लगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए । 

सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०७:४५:०६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology