Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

एजेन्सी

२६, माघ २०७८
अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

काठमाडौं, २६ माघ । बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन् ।

images

तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको स्वेटर लगाएर अनुहारमा गम्भीर भाव व्यक्त गरेका छन् । ‘मलाई यो तस्बिर मनपर्छ । आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ । सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर’, उनले लेखेका छन् ।

सुरजको निर्देशनमा बनेको फिल्मको निर्माण राजश्री प्रोडक्सन हाउसले गरेको हो । फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका र डेनी प्रमुख भूमिकामा छन् । यो फिल्मको सुटिङ केही महिनाअघि नेपालमा गरिएको थियो ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १८:२४:४८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology