Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जो १४ महिनादेखि आइसोलेसनमा छन

जो १४ महिनादेखि आइसोलेसनमा छन

images

इच्छाकामना न्युज

२६, माघ २०७८
जो १४ महिनादेखि आइसोलेसनमा छन
images

टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।

५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् । 

सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो । भाइरस उनको स्वास्थ्य प्रणालीमा नै रहेको थियो । पहिलो पटक पोजेटिभ देखिएपछि गरेका हरेक परीक्षणमा पोजेटिभ देखिएको थियो, जसका कारण उनी अस्पताल वा घरमै आइसोलेसनमा बस्न बाध्य भएका थिए । 

कायसन ल्युकेमियाका बिरामी हुन् । चिकित्सकहरुका अनुसार रोग प्रतिरोध क्षमता कमजोर भएकोले लामो समयसम्म उनको शरीररमा कोभिडको लक्षण देखिएको हो । उनको प्रतिरक्षा प्रणालीमा सुधार गर्न चकित्सकले उनलाई औषधि खान सुझाव दिँदै आएका छन् । तर, सो पक्रिया लामो र जटिल भएको बताइएको छ । 

लामो समय एक्लै बस्दा उनको सामाजिक जीवन अस्तव्यस्त बनेको छ । उनी  साथीभाईसँग बसेर बोल्न पाएका छैनन् । उनले आफ्नो छोरा र नातिनातिनालाई झ्यालबाट मात्र हेर्छन् । उनकी पत्नि र कान्छा छोरा मात्र उनीसँग बस्छन् । 

मेरा प्रियजनहरुलाई छुन नपाउनुबाहेक मलाई कुनै समस्या छैन् । मेरो स्वास्थ्य समस्याका कारण खोप लगाउन पाएको छैन,’ कायसनले समाचार संस्था अनादोलुलाई भने ।  

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०८:४८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology