Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्व इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षण

विश्व इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षण

images

एजेन्सी

२६, माघ २०७८
विश्व इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षण
images

 आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य
सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको हो । लन्डनको क्यानरी हर्वाफमा गराइएको सो बिस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए ।

बोइङ ७४७ को पहिलो उडान
सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो । सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो ।

सोभियत युनियनको पहिलो अन्तरमहादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)

सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो ।  सोभियत आर–७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो । 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०८:२३:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology