कुरिनटार, २५ माघ । चितवनको इच्छाकामना गाउँपालिकाका १०४५ जना विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको छ। कोरोना विरुद्धको खोप अभियान अन्तर्गत गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई सोमबार मोडर्ना खोपको पहिलो मात्रा लगाईएको हो।
भोलीसम्म संचालन गरिने खोप अभियान अन्तर्गत सोमबार गाउँपालिका भित्रका १० वटा विद्यालयका विद्यार्थीहरुलाई खोप लगाईएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक हरि देवकोटाले जानकारी दिए। उनले दिएको जानकारी अनुसार राङचुराङ आवि भाराङ, जिवनज्योति मावि मेत्राङ, राष्ट्रिय आवि मायाटार, राष्ट्रिय आवि फिस्लिङ, सर्बशान्ति मावि कुरिनटार, प्रगति पाठशाला कुरिनटार, त्रिवेणी बराह मावि मुग्लिन, राष्ट्रिय आवि चनौटे, आधारभुत विद्यालय दाहाखानी र राष्ट्रिय मावि गर्दास खोप केन्द्र मार्फत विद्यार्थीहरुलाई पहिलो दिन खोप लगाईएको हो।
बाँकी विद्यालयका विद्यार्थीहरुलाई आज र भोली खोप लगाईने पनि निरिक्षक देवकोटाले बताए।
तस्विरः बुद्धिमान गुरुङ/इच्छाकामना न्युज