कुरिनटार, २४ माघ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोनो विरुद्धको खोप लगाइने भएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि ३ दिन मोडर्ना खोप लगाईनेछ । उनीहरुलाई गाउँपालिकाका ९ वटा स्वास्थ्य संस्थाहरु मार्फत विद्यालयमा नै खोप लगाईनेछ ।


